मुख्य समाचार

इराकको कुट शहरस्थित सुपरमार्केटमा भिषण आगलागी, ६९ जनाको मृत्यु

इराकको कुट शहरस्थित सुपरमार्केटमा भिषण आगलागी, ६९ जनाको मृत्यु

एजेन्सी । इराकको कुट शहरस्थित एक ठूलो सुपरमार्केटमा भिषण आगलागी हुँदा ६९ जनाको मृत्यु भएको छ । 

आगलागीमा परी अन्य ११ जना बेपत्ता भएका छन् । शहरका एक स्वास्थ्य अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार आगलागीमा परी मृत्यु भएका अधिकांशको पहिचान भइसकेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आगलागीमा परी हराइरहेकाको खोजी जारी रहेको छ ।  आगलागी भएको भवन र मलका मालिकविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

यो मल पाँच दिन अघि मात्रै सञ्चालनमा आएको इराकको सरकारी समाचार संस्था आईएनएले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *