समाज

महोतरीमा करोडौंको लागतमा निर्माण भएको डिप बोरिङ काम नलाग्ने अवस्थामा, मर्मत नहुँदा सिँचाइ भएन

महोतरीमा करोडौंको लागतमा निर्माण भएको डिप बोरिङ काम नलाग्ने अवस्थामा, मर्मत नहुँदा सिँचाइ भएन

महोत्तरी । करोडौं लागतमा महोतरीमा निर्माण गरिएका पानी तान्ने डिप बोरिङ मेसिन बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका छन् । 

ती बोरिङ पुनः सञ्चालनमा ल्याउन ४ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।  भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महोत्तरीले मधेस प्रदेश सरकार र संघीय सरकारसँग पुनः सञ्चालनका लागि ४ करोड ५० लाख खर्च माग गरेपनि रकम नआएको जनाएको छ । 

सिँचाइ सुविधा विस्तार गर्न करोडौं खर्च गरेर निर्माण गरिएका डिप बोरिङ  मर्मतका लागि बजेट नहुँदा सिँचाइ हुन सकेको छैन । डिप बोरिङ सञ्चालन नहुँदा कृषि उत्पादनमा समेत प्रतिकुल असर परिरहेको छ । 

जमिनमुनिबाट पानी निकाली गाउँगाउँमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले जडान गरेका ट्यवेल निर्माण गरेको छोटो समयमै बिग्रँदा अधिकांश किसान निरास भएका छन् । 

महोत्तरीमा सरकार र विभिन्न संघसंस्थाले जडान गरेका ३१  डिप बोरिङ मध्ये २३ वटा डिप बोरिङ विद्युतीकरण, सामान्य मर्मत, ट्रान्सफर्मर जडान, पम्प मर्मत, पाइपलाइन विस्तार, पुराना इन्जिन हटाएर नयाँसहितको विद्युतीकरण हुन नसक्दा  सञ्चालन हुन नसकेको हो ।  

३१ बोरिङबाट ९ सय ८० हेक्टर क्षेत्रफलमा सिँचाइ हुने छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मधेसमा खानेपानी र सिँचाइ संकट समाधानका लागि तत्काल ५ सय डिप बोरिङ जडान गर्ने आश्वासन दिएपनि जडान भने अझै शुुुरु भएको छैन । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *