काठमाडौं । सिद्धिविनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लिले आफ्नो उत्पादनको नक्कल गरी त्यस्तै नामको उत्पादन बजारमा बिक्रि बितरण भएकोमा भूममा नपर्न उपभोक्तालाई आग्रह गरेको छ ।
कम्पनीले उपभोक्ताले अधिक रुचाएका आफ्नो उत्पादन ‘गज्जबको पिरो’ चाउचाउ जस्तै देखिने खोल रंग र कार्टुन बक्स समेत उस्तै प्रयोग गरी बजारमा अन्य नामका उत्पादनहरु बिक्री भइरहेको भन्दै त्यसतर्फ सचेत हुन उपभोक्ता र व्यापारीहरुलाई आग्रह गरेको छ ।
गज्जबको पिरोलाई नक्कल गरी सर्वसाधारण उपभोक्ता र व्यापारीलाइु झुक्याउने दुरासयबाट बिभिन्नि अन्य उत्पादनहरु बिक्री बितरण भएको समाचारप्रति कम्पनीको ध्यानकर्षण भएको जनाएको छ ।
।