समाज

सप्तरीमा प्रहरीद्वारा ठूलो परिणाममा अबैध मदिरा बरामद

सप्तरीमा प्रहरीद्वारा ठूलो परिणाममा अबैध मदिरा बरामद

सप्तरी । सप्तरीमा बढदो तस्करीलाई नियन्त्रणका लागि प्रहरीले सक्रियता देखाएको छ । 

सोही क्रममा गोप्य सुचनाको आधारमा सप्तरी  प्रहरीले ठूलो परिणाममा अबैध मदिरा बरामद गरेको छ । सप्तरीको राजगढ गाउँपालिका २ स्थित कमलपुर गाउँमा मदिराजन्य बस्तु भण्डारण गरेर राखिएको १२ लाख ८८ हजार ९ सय ७५ रुपैयाँ बराबरको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीले बरामद मदिरा तथा  ३ लाख ५ हजार मुल्यको मोटरसाइकल र ३४ हजार मुल्यको साइकल प्रक्रिया पूरा गरि भन्सार कार्यालयमा बुझाइएको जनाएको छ । 

सप्तरीको कुनौली, भारदह, कोशी पलार, बनैनिया, पातो, छिन्नमस्ता, बेल्ही नाकाबाट बालुवा गिटी , स्याउ, मरिच, गाँजा, मदिरा, खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक सरसमान, गाइगोरू लगायतका सामग्री तस्करी हुँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *