मुख्य समाचार

एमाले पोलिटब्युरो बैठक आज पनि जारी

एमाले पोलिटब्युरो बैठक आज पनि जारी

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । 

शुक्रबारदेखि शुरु भएको पोलिटब्युरो बैठक पार्टी कार्यालय च्यासलमा बस्नेछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ । बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल जारी रहने छ । 

शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष के.पी. शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा बोलेका थिए । उनले विधान निर्माण गर्ने काममा पार्टीका नेतालाई रचनात्मक र सकारात्मक भूमिका खेल्न निर्देशन दिन आग्रह गरेका थिए । 

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा राजन भट्टराई, काशीनाथ अधिकारी, किरण गुरुङ, शेरधन राई, खगराज अधिकारी र कर्णबहादुर थापाले बोलिसकेका छन् ।

 आज अन्य नेताहरूले आ आफ्नो धारणा राख्नेछन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *