काठमाडौं । नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताब गरेका छन् ।
सोमवार प्रतिनिधि सभा अन्र्तगको अर्थ समितिमा वाफियाबारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राखिनुपर्ने बताएका हुन् । थापाले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताए । सांसद थापाले पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताए ।
उनले नेपालमा जन्मिएका बुद्धको फोटो समेत नोटमा राख्नुपर्ने भन्दै त्यसले नोटको महत्व बढाउने बताए ।