समाज

एमाले नेता नेपालको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

एमाले नेता नेपालको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रचण्डले एक श्रद्धाञ्जली सन्देशमार्फत निरंकुशताविरुद्धको संघर्ष, लोकतन्त्रको स्थापना, सामाजिक न्याय र मुलुकको परिवर्तनको यात्रामा नेता नेपालको योगदान अविस्मरणीय रहने उल्लेख गरेका छन् ।

“उहाँको दुःखद निधनले मर्माहत भएको छु,” प्रचण्डले भनेका छन्, “वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।”

नेता नेपालको निधनले मुलुकले एक अनुभवी राजनीतिक व्यक्तित्व गुमाएको भन्दै प्रचण्डले वाम आन्दोलनमा उनले खेलेको भूमिकालाई स्मरणीय र प्रेरणादायी बताए ।

एमालेका नेता तथा पूर्व शिक्षामन्त्री समेत रहेका नेपालको आज दिउँसो ७१ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *