समाज

एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : अर्थ मन्त्री पौडेल

एमाले नेतृत्वको सामर्थ्यमा प्रश्न छैन तर कार्यकर्तामा उत्साहको कमी देखिन्छ : अर्थ मन्त्री पौडेल

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्याहरु समाधानयोग्य रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन् । पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भुमिका अझ प्रभावकारी बनाउन सक्ने सामथ्र्य पार्टी नेतृत्वसँग रहेको उनको दाबी छ । 

उनले पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनैपनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्नसक्ने क्षमता आफूहरूसँग रहेको दोहोर्‍याएका छन् । उनले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यकता रहेको पनि बताए । 

उनले पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै उनले पार्टीका आन्तरिक समस्याको समुचित मुल्याङ्कन गरेर निष्कर्षमा पुग्नुपर्ने बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *