समाज

पूर्वराष्ट्रपति भण्डारी बारे थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई एमालेको निर्देशन

पूर्वराष्ट्रपति भण्डारी बारे थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका बारेमा थप छलफल र बहस नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । 

साउन पहिलो साता सम्पन्न नवौं केन्द्रीय कमिटी बैठकको निर्णय समेत संलग्न गरेर पार्टी निर्देशन ‘अपानि’ मार्फत् पूर्वराष्ट्रपति भण्डारीका बारेमा थप छलफल नगर्न निर्देशन दिइएको हो । 

निर्देशनमा पूर्वराष्ट्रपतिका नाममा पार्टी एकतालाई कमजोर बनाउनेगरी शुरु भएको बहस र विवादलाई केन्द्रीय कमिटीको नवौं बैठकले उपयुक्त निर्णय गरी समाधान गरेको उल्लेख छ । साथै 
भण्डारीको विषयमा थप छलफल र बहस गरेर सम्माननीय पूर्व राष्ट्रपतिको गौरव, प्रतिष्ठा र सम्मानमा आँच आउने काम नगर्न भनिएको छ । 

निर्देशनमा राष्ट्रपति संस्थाको गरिमा जोगाउन र संविधानको भावना कार्यान्वयन गर्न एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउनु परेको उल्लेख गरिएको छ । निर्देशनमा पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा सक्रिय नभई सम्मान लिएर बस्न भनिएको छ । 

त्यस्तै, भण्डारीको सदस्यता नवीकरण नगरिएको जानकारी पनि कार्यकर्ताहरुलाई दिइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *