समाज

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउँ गरेको अध्यक्ष दाहालको आरोप

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउँ गरेको अध्यक्ष दाहालको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय निजामती विधेयकमा रहेको कुलिङ पिरियडमा भएको छेडखानीमा अन्तिममा नेकपा एमालेले म्याउँ गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन् ।

दाहालले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको आरोप लगाएका छन् ।  

दाहालले राजनीतिक सङ्कटबारे चर्चा गर्दै कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको समेत बताए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *