मुख्य समाचार

एमालेको झोलामा राष्ट्रवाद छ : प्रवक्ता गुरुङ

एमालेको झोलामा राष्ट्रवाद छ : प्रवक्ता गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन् । 

मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता गुरुङले आफूहरु झोल खाने नभइ जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताए । 

उनले आफूले नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने बताए । एमालेको भmोलामा राष्ट्रवादको सिद्धान्त रहेको बताए । सुशासन नभइकन सामाजिक र आर्थिक रुपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको बताएका छन् । 

मन्त्री गुरुङले एमालेको झोला बोक्ने कुरामा सबैले गर्व महशुस गर्नुपर्ने बताए । आफू राष्ट्रियताको झण्डा बोक्ने व्यक्ति भएकाले एमालेको झोले भएको जिकिर गरे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *