मुख्य समाचार

अष्ट्रियाको एक स्कुलमा भएको गोली आक्रमणमा ११ जनाको मृत्यु

अष्ट्रियाको एक स्कुलमा भएको गोली आक्रमणमा ११ जनाको मृत्यु

अष्ट्रियाको दोस्रो ठूलो शहर ग्राजको एक स्कुलमा भएको गोली आक्रमणमा ११ जनाको मृत्यु भएको छ । 

एक उच्च माध्यमिक विद्यालयमा गोली चल्दा २८ जना विद्यार्थी र शिक्षक घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान करिब १० बजे विद्यालयभित्र गोली चलेको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनापछि ग्राजमा ठूलो सुरक्षा अपरेसन सञ्चालन गरिएको छ  । प्रहरीले सर्वसाधारणलाई घटनास्थल नजिक नजान आग्रह गरेको छ । प्रहरीले घटनास्थलमा विशेष सुरक्षा बल कोबरा खटाएको छ । 

घटनाबारे थप विवरण आउन बाँकी रहेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *