मुख्य समाचार

भारतको राजस्थानमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

भारतको राजस्थानमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

एजेन्सी । भारतको राजस्थानमा आज (बुधबार) बिहान भएको सवारी दुर्घटनामा दश जनाको मृत्यु भएको छ । 

राजस्थानको डौसामा बिहान मन्दिर दर्शन गरेर फर्किरहेकाहरू सवार कार रोकिराखेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो । 

दुर्घटनामा ७ बालबालिका र ३ महिलाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घाईते भएका सात जना जयपुरको एसएमएस अस्पतालमा भर्ना भएका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार खाटुश्याम मन्दिरको दर्शन गरेर फर्किरहेका भक्तजनहरूको कार पार्किङमा रहेको पिकअप ट्रकसँग ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनाबारे अनुसन्धान भैरहेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *