समाज

दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । दाङको तुलसीपुर सडकखण्डको तुलसीपुर ६ मोतीपुर ओरालोमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गरेको रा१त ३४७८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर १७ का १५ वर्षीया सविन भण्डारी र सोही वडाका १७ वर्षीया मनोज रोकामगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारकै क्रममा मृत्यु भएको हो । 

मृतक दुवैको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *