मुख्य समाचार

पाकिस्तानमा स्वतन्त्रता दिवसका दिन गोली चल्दा ३ जनाको मृत्यु, ८ जना घाइते

पाकिस्तानमा स्वतन्त्रता दिवसका दिन गोली चल्दा ३ जनाको मृत्यु, ८ जना घाइते

एजेन्सी । पाकिस्तानमा स्वतन्त्रता दिवसका दिन गोली चल्दा ३ जनाको मृत्यु भएको छ । 

घटनामा ८ जना घाइते भएका छन् । पाकिस्तानमा हरेक वर्ष १४ अगष्टका दिन मनाईने स्वतन्त्रता दिवसको अवसरमा विभिन्न शहरहरुमा खुशियाली मनाइरकेकै बेला कराँची लगाएत लियाकताबाद, कोरंगी, लियारी, महमुदाबाद लगाएत अन्य शहरमा आयोजना गरिएको कार्यक्रममा मोटरसाइकलमा आएका अज्ञात समुहले अन्धाधुन्ध गोली प्रहार गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनामा संलग्न भएको आशंकामा २० भन्दा बढीलाई हातहतियारसहित पक्राउ गरिएको छ । गोली लागी मृत्यु हुनेमा ८ वर्षिया एक बालिका पनि रहेका छन् । उनी आफनो घरको गल्लीमा खेलिरहेको अवस्थामा गोली लागेको हो । 

स्वतन्त्रा दिवसकै अवसरमा विभिन्न कार्यक्रम तय गरिएको बेला भएको यस गोलीकाण्डले पाकिस्तान सरकार सशंकित बनेको छ । गोलीकाण्डपछी देशभर सुरक्षा व्यबस्था कडा गरिएको समाचारमा उल्लेख गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *