समाज

सप्तरीमा डाका समूहद्वारा १ जनाको हत्या, सुनचाँदीका गरगहना लुटपाट

सप्तरीमा डाका समूहद्वारा १ जनाको हत्या, सुनचाँदीका गरगहना लुटपाट

सप्तरी । डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ । 

बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्या समेत गरेको प्रहरीले जनाएको छ । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । 

चौधरीको घरबाट सुन चाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *