एजेन्सी । भियतनाममा भारी वर्षापछी आएको बाढीमा ३ जनाको मृत्यु भएको छ ।
भियतनामको उत्तरमा पर्ने डिएन बिएन जिल्लामा आएको बाढी र पहिरोले ३ जनाको मृत्यु हुँदा ९ जना बेपत्ता हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीले ६० बढी घरहरु बगाएका छन् । बाढीका कारण ३० वटा गाउँहरू सम्पर्कविहीन भएका छन् । सम्पर्कबिहिन गाउँका सयौं घरहरु डुबानमा पर्नुका साथै पशु चौपाया समेत बगाएको छ ।
बेपत्ता व्यक्ति खोज्न र उद्धार गर्न करिब सात सय सुरक्षाकर्मी, सेना, स्थानीय स्वयंसेवक परिचालन गरिएको समाचारमा उल्लेख छ ।
भियतनामका उप प्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई प्रभावित सबैलाई तत्काल राहत पुग्ने गरी काम गर्न निर्देशन दिनुमा साथै उनले बाढी प्रभावितहरुलाई उचित राहत दिन निर्देशन दिएका छन् ।