मुख्य समाचार

क्यालिफोर्नियाको जंगलमा भिषण डढेलो, ३ जना घाइते

क्यालिफोर्नियाको जंगलमा भिषण डढेलो, ३ जना घाइते

एजेन्सी । क्यालिफोर्नियाको जंगलमा भिषण डढेलो लागेको छ । 

आगलागीका कारण जंगल वरिपरिका बासिन्दा मध्ये ३ जना घाइते भएका छन् । मध्य कैलिफोर्नियाको लॉस पैड्रेस जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा ३ जना घाइते भएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डढेलोका कारण सयौं घरहरु जोखिममा परेका छन् । डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ भने दर्जनौ हेलिकप्टर पनि परिचालन गरिएको छ । 

आगलागी जोखिममा रहेका सयौं घरपरिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ । डढेलोले हजारौं हेक्टर जंगल जलेर नष्ट भएका छन् । जलवायु परिवर्तनका कारण डढेलो लागेको अनुमान गरिएतापनि क्यालिफोनिर्यामा वर्षेनी लाग्ने डढेलोले दर्जनौंका मृत्यु हुने गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *