चितवन । पूर्वी चितवनको रत्ननगरमा २८ जातका केराको जातिय परिक्षण थालिएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १३ मा भन्तना केरा अनुसन्धान केन्द्रमा केराको जातको परिक्षण थालिएको हो ।
केन्द्रका संञ्चालक समृद्ध भन्तनाले १२ विगाहा क्षेत्रफलमा केरा लगाएर जातिय परिक्षण तथा बिभिन्न परिकारको परिक्षण शुुरु गरेका हुन् । तीन वर्ष देखि केराको जातीय परिक्षण गर्दै आएका भन्तना अहिले नतिजा कस्तो हुन्छ भन्नेमा ध्यान केन्द्रीत गरेर काम गरिएको बताउँछन ।
व्यवसायीक रुपमा जी ९ केरा लगाए पनि उनले जातिय परिक्षणका लागि बिभिन्न जातका मालभोग, चिनि, चम्पा, हाईब्रिड, जोगी केरा, मुग्रे, धुस्रे, मालुङ्गे, झप्री, मिर्कोटे, घ्यू कुमारी लगाएत स्थानीय, स्वदेशी तथा बिदेशी जातका केराको परिक्षण शुुरु गरिएको हो ।
यहाँ लगाईएका केराको आनुबंशीक बिबिधता अध्ययनको काम भईरहेको छ । केन्द्रमा स्थानीय जातका केरामा पानामा रोग संग लड्न सक्ने क्षमता, सिवाटोवा, वन्चीटप जस्ता रोग संग लड्न सक्ने क्षमताको अध्ययन गरिएको छ ।
केन्द्रमा आलुको चिप्स, सुकुटी, आलुको लिटो, पेयपदार्थ लगाएतका बस्तु समेत बनाउने तयारी छ ।