मुख्य समाचार

इरानमाथि इजरायलले गरेको आक्रमण्मा दुई सय २४ को मृत्यु

इरानमाथि इजरायलले गरेको आक्रमण्मा दुई सय २४ को मृत्यु

एजेन्सी । इरानले इजरायलमाथि थप क्षेप्यास्त्र आक्रमण गरेको छ । आपतकालीन सेवाहरूले कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ । आक्रमणमा घाइते भएका ९२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ । शुक्रबारदेखि इरानी आक्रमणमा इजरायलमा मृत्यु हुनेको सङ्ख्या बढेर कम्तीमा १९ पुगेको छ । इजरायली आक्रमणमा इरानमा पनि २ सय २४ जनाको मृत्यु भएको छ । मृतकमा ७९ महिला र बालबालिका समेत समावेश छन्न   तेहरानमा १० बालबालिका अझै भग्नावशेषमुनि फसेका छन । त्यस्तै तीन सय २९ जना घाइते भएका छन । यो सँगै आक्रमण सुरु भएदेखिको आक्रमणमा १४ सयभन्दा बढी व्यक्ति घाइते भएका छन ।  आज विहान इजरालयको तेल अविवमा शक्तिशाली विस्फोट भएका छन । उता इजराइलको आक्रमणबाट इरानको सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर आइआरजिसको गुप्तचर विभाग प्रमुखसहित तीन उच्च अधिकारी मारिएका छन । गुप्तचर विभाग प्रमुख मोहम्मद काजेमी, उपप्रमुख हसन मोहकिक र कमान्डर मोहसिन बाकेरीको मृत्यु भएको हो । इसराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले पनि फक्स न्युजसँगको अन्तर्वार्ता क्रममा इरानको इन्टेलिजेन्स प्रमुख र उपप्रमुख मारिएको जानकारी दिएका हुन । पहिलो दिन नै इरानका उच्च सैन्य अधिकारीहरू मारिएका थिए । आइआरजिसी प्रमुख कमान्डर हुसेन सलामी, सेनाका प्रमुख मेजर जनरल मोहम्मद बाघेरी, रिभोलुसनरी गार्डकै हवाई फोर्स कमान्डर आमिर अली हाजीजादेह, खताम अल अनबिया मुख्यालय प्रमुख घोलाम अलली रसिद लगायत कम्तिमा पनि २० जना सैन्य अधिकारी शुक्रबारको भीषण हमलामा मारिएका थिए । सर्वोच्च नेता आयातोलल्लाह अल खामेनीका मुख्य सल्लाहकार तथा लोकप्रिय नेता अली शमखानी पनि मारिएका छन । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी सर्वो च्च नेता आयातोल्लाह अल खामेनीको हत्या गर्ने इजराइलको योजना रोकेको खुलेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इसराइलले इरानी सर्वोच्च नेता खामेनीको हत्या गर्ने मौका उपलब्ध भएको भनेर ट्रम्पसँग परामर्श गरेका थिए । तर ट्रम्पले त्यसलाई अस्वीकार गरेको बताइएको छ ।। 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *