मुख्य समाचार

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

ट्रम्पले लगाए भारतमाथि ५० प्रतिशत भन्सार शुल्क

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाएका छन् । नयाँ शुल्क थपिएपछि पहिले लागू भइसकेको २५ प्रतिशत भन्सार शुल्क थपिएर कुल ५० प्रतिशत पुगेको छ । 

ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार यो शुल्क जारी भएको मितिले २१ दिनपछि लागू हुनेछ । भारत सरकारले हाल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसबाट तेल आयात गरिरहेको भन्दै अमेरिकाले भारतबाट आउने सबै वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउने निर्णय गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार थप कर लगाउने अमेरिकाको यो निर्णयले अमेरिकी बजारमा भारतीय सामान धेरै महँगो हुनसक्ने बताइएको छ । भारतको अमेरिका तर्फको निर्यातमा ४० देखि ५० प्रतिशतसम्म गिरावट पनि आउन सक्ने विश्लेषण गरिएको छ । 

अमेरिकाको निर्णयलाई भारतको परराष्ट्र मन्त्रालयले अनुचित, अकारण र तर्कहीन’ भनेर टिप्पणी गरेको छ । भारतले १ अर्ब ४० करोड जनताको ऊर्जा सुरक्षा सुनिश्चित गर्न रुसबाट तेल आयात गर्नुपरेको जनाएको छ । 

अमेरिकाको यो निर्णयपछि भारतीय कांग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । कांग्रेस नेता राहुल गान्धीले भारतलाई अनुचित व्यापार सम्झौताका लागि डराउने प्रयास भनेका छन । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *