एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा उत्पादित वस्तुहरूमाथि ५० प्रतिशत आयात कर लगाउने चेतावनी दिएका छन । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै ब्राजिलमाथि अमेरिकी प्रविधि कम्पनीहरूमाथि आक्रमण गरेको र पूर्व दक्षिणपन्थी राष्ट्रपति बोल्सोनारोलाई न्यायिक रूपमा उत्पीडन गरिएको आरोप लगाउदै यस्तो चेतावनी दिएका हुन । राष्ट्रपति ट्रम्पले पहिला घोषित १० प्रतिशत करलाई बढाएर ५० प्रतिशत पुर्रुयाउने चेतावनी दिएका हुन । बोल्सोनारो सन् २०२२ को निर्वाचनलाई उल्टाउने षड्यन्त्रमा संलग्न भएको अभियोगमा मुद्दा खेपिरहेका छन् । ट्रम्पले यो करको दर हालको सत्ताद्वारा गरिएको गम्भीर अन्यायलाई सुधार गर्न आवश्यक भएको दाबी गरेका छन् । उनले अमेरिकी व्यापार प्रतिनिधिलाई ब्राजिलको डिजिटल व्यापार अभ्यासबारे अनुसन्धान सुरू गर्न निर्देशन दिने बताएका छन् । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलमाथि कर लगाइए त्यसको बदलामा कारबाही गर्ने चेतावनी दिएका छन । ब्राजिलको न्यायिक प्रणालीमा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका हुन ।