मुख्य समाचार

ट्रम्पद्वारा रुसलाई युक्रेनसँग युद्ध विराम गर्नका लागि नयाँ समयसीमा

ट्रम्पद्वारा रुसलाई युक्रेनसँग युद्ध विराम गर्नका लागि नयाँ समयसीमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्ध विराम गर्नका लागि १० देखि १२ दिनको नयाँ समयसीमा दिएका छन् । 

बेलायत भ्रमणमा रहेका उनले राष्ट्रपति ट्रम्पले शान्तिका लागि गरिएका प्रयास खेर गइरहेको तथा समय त्यत्तिकै बितिरहेको समयमा धेरै कुर्नु आवश्यक नरहेको बताएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार स्कटल्यान्डमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले सोमबार या मङ्गलबार नयाँ कर तथा प्रतिबन्धको बारे पनि घोषणा गर्ने बताए । स्कटल्यान्डमा बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको छोटो वार्तामा ट्रम्पले रुसले युक्रेनमा आक्रमण जारी राखेकोमा आफ्नो असन्तुष्टि रहेको बताए । 

दुई साता अघि राष्ट्रपति ट्रम्पले रुसलाई युक्रेनसँगको युद्ध विरामका लागि ५० दिनको समय दिँदै नयाँ प्रतिबन्धको चेतावनी पनि दिएका थिए । यसअघि जुलाई महिनामा ट्रम्पले रुससँग कारोबार गर्ने कुनै पनि देशको सामानमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

यसले अमेरिकाका अन्य सामानको तुलनामा ती सामान महँगो हुने तथा रुस र त्यस देशसँग कारोबार गर्ने देशको सामान बिक्री हुन छाड्ने समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *