Siddarth bankविज्ञापन
मुख्य समाचार

ट्रम्पको आदेश: वाशिङ्टनबाट घरबारविहीन हटाइने

ट्रम्पको आदेश: वाशिङ्टनबाट घरबारविहीन हटाइने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन डीसीका घरबारविहीन व्यक्तिहरूलाई तत्काल राजधानीबाट हटाउन आदेश दिएका छन् ।  

शहरलाई अपराधमुक्त र पहिलाभन्दा सुन्दर बनाउने योजनाको घोषणा गर्ने तयारी रहेको भन्दै उनले यस्तो आदेश दिएका हुन् ।  

ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै वाशिङ्टन डीसीमा अपराध, हत्या र मृत्यु अन्त्य गर्ने योजना र ‘भौतिक पुनर्निर्माण’ बारे जानकारी दिने बताएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल टुथ सोसलमा हटाउनेहरुलाई जेल नहाल्ने तर राजधानीबाट धेरै टाढा सार्ने उल्लेख गरेका हुन् ।

गत महिना उनले घरबारविहीन व्यक्तिहरूलाई सजिलै पक्राउ गर्न मिल्ने आदेशमा हस्ताक्षर गरेका थिए र गत साता सङ्घीय सुरक्षा निकायलाई वाशिङ्टन डीसीको सडकमा पठाएका थिए ।

वाशिङ्टन का नगर प्रमुख मुरियल बाउजरले ट्रम्पको दाबी अस्वीकार गर्दै पछिल्ला दुई वर्षमा हिंसात्मक अपराधलाई घटाएर ३० वर्षको सबैभन्दा न्यून स्तरमा पूराएको बताएकी छिन् ।

ह्वाइट हाउसका उप–स्टाफ प्रमुख स्टिफन मिलरले वाशिङ्टन बगदादभन्दा हिंसात्मक भन्नदे टिप्पणीलाई असत्य र अतिरञ्जित भएको उनको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *