मुख्य समाचार

थाइल्यान्ड र कम्बोडियाबीच युद्ध अन्त्य गर्न ट्रम्पको आग्रह

थाइल्यान्ड र कम्बोडियाबीच युद्ध अन्त्य गर्न ट्रम्पको आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्ड र कम्बोडिया दुवैले तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा तीन पोस्ट गर्दै आफूले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीसँग कुराकानी गरेको र दुवै देशले अब युद्धविराम चाहेको बताएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले सीमामा झडप जारी रहे युद्धमा सरिक हुने देशलाई व्यापार प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। थाइल्यान्ड र कम्बोडियाबीच सीमामा भएको तनावमा अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ । द्वन्द्वका कारण एक सय ३० जनाभन्दा बढी घाइते भएका छन् । 

सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पु¥याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्वीर सार्वजनिक भएको छ ।

कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप १२ जनाको ज्यान गएको पुष्टि गरेको छ ।  कम्बोडियाको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले अहिलेसम्म कम्बोडियाबाट ५० जनाभन्दा बढी सर्वसाधारण र २० भन्दा बढी सैनिक घाइते भएको बताएका छन् । थाइल्याण्डले भने पछिल्लो दुई दिनमा १३ जना सर्वसाधारण र ६ जना सैनिकको ज्यान गएको जनाएको छ । कम्तीमा २९ जना सैनिक र ३० जना सर्वसाधारण घाइते भएको पुष्टि गरेको छ ।  

थाइल्यान्डका अधिकारीहरूका अनुसार करिब १ लाख ३८ हजार मानिसलाई सीमा क्षेत्रबाट सुरक्षित ठाउँमा सारिएको छ । तीन सय भन्दा बढी आपतकालीन राहत केन्द्रहरू स्थापना गरिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *