मुख्य समाचार

ट्रम्पले गरेको सैनिक परिचालनविरुद्धको मुद्दामा तत्काल सुनुवाइ गर्न अस्वीकार

ट्रम्पले गरेको सैनिक परिचालनविरुद्धको मुद्दामा तत्काल सुनुवाइ गर्न अस्वीकार

एजेन्सी । अमेरिकाको सनफ्रान्सिस्को स्थित एक संघीय न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको सैनिक परिचालनविरुद्धको मुद्दामा तत्काल सुनुवाइ गर्न अस्वीकार गरेका छन् ।  

राष्ट्रपति ट्रम्पको प्रशासनद्वारा क्यालिफोर्नियामा मेरिन र नेसनल गार्ड परिचान गर्ने निर्णयमा तत्काल रोक लगाउन पर्ने माग गर्दै दायर रिटमा सुनुवाइ गर्नुपर्ने क्यालिफोर्निया राज्यको मागमा न्यायाधीशले अस्वीकार गरेका हुन् । 

अमेरिकाको अध्यागमन एजेन्सीले अवैध आप्रवासीहरूलाई पक्राउ गर्न खोज्दा क्यालिफोर्निया राज्यको लस एन्जलसमा हिंसा भड्किएपछि राष्ट्रपति ट्रम्प प्रशासनद्वारा नौसेना  र नेसनल गार्ड परिचान गरिएको छ । क्यालिफोर्निया राज्यले यसलाई गैरकानूनी भनेको छ । न्यायाधीश चाल्र्स आर ब्रेयरले मंगलबार तत्काल रोक लगाउने आदेश दिन अस्वीकार गरेका हुन् । तर, उनले यो सुनुवाइ बिहीबार सममका लागि समय तोकेका छन् । 

नेसनल गार्ड प्रयोग गरी राज्यको कानून लागु गराउने कार्यमा रोक लगाइयोस् भन्दै अस्थायी प्रतिबन्धको माग गरिएको छ । यो मुद्दाले ट्रम्प प्रशासन र डेमोक्र्याटिक नेतृत्वको क्यालिफोर्निया राज्यबीचको अधिकारको संघर्षलाई उत्कर्षमा पुर्‍याएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकामा आप्रवासीको प्रदर्शन बढ्दै गएको छ ।  लस एन्जलसबाट शुुरु भएको प्रदर्शन न्युयोर्कमा पुगेको छ । लस एन्जलसमा भएको विरोध प्रदर्शनमा एकबद्धता जनाउँदै न्युयोर्कमा प्रदर्शन भएको हो । सान फ्रान्सिस्कोमा पनि प्रदर्शन भएको समाचारमा उल्लेख छ । 

अमेरिकाको लस एन्जलसमा आप्रवासी धरपकडको विरुद्धमा भएको प्रदर्शन नियन्त्रणमा लिन अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना प्रयोग गरेपछि यसले क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका नगरप्रमुख समेत रुष्ट भएका छन् । गेभिन न्यूसमले त राष्ट्रपति ट्रम्पको विरुद्धमा मुद्दा नै दर्ता गरिसकेका छन् ।  
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *