मुख्य समाचार

रूस–युक्रेन शान्ति वार्ताको लागि ट्रम्पले पुटिनलाई दिए दुई हप्ताको अल्टिमेटम

रूस–युक्रेन शान्ति वार्ताको लागि ट्रम्पले पुटिनलाई दिए दुई हप्ताको अल्टिमेटम

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविराम गर्नका लागि वार्तामा बस्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दुई साताको समय दिएको बताएका छन्।

शुक्रबार अमेरिकी टेलिभिजन सिएनएनसँगको कुराकानीमा ट्रम्पले वार्ताको टेबलमा बस्न पुटिनलाई दुई साताको समय दिएको बताएका हुन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यका अनुसार ट्रम्पले शान्ति वार्ताका लागि अवस्था सुधार नभए रूसमाथि भारी प्रतिबन्ध र कर लगाउने अथवा युक्रेनलाई आफैँ समस्या समाधान गर्न छोडिदिने बताएका छन् । 

गत हप्तामात्रै ट्रम्पले अलास्कामा पुटिनसँग भेट गरेका थिए। त्यसपछि उनले ह्वाइट हाउसमा भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गरेका थिए। ट्रम्पले रूसका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच बैठक गराउने विषयमा जोड दिए ।

ट्रम्पले युद्धविरामभन्दा स्थायी शान्ति उत्तम हुने सुझाउँदै आएका छन्। त्यसका लागि पहिलो चरणमा पुटिन–जेलेन्स्की बीच द्विपक्षीय वार्ता र त्यसपछि आफू समेत सहभागी हुने त्रिपक्षीय वार्ताको योजना अघि सारेका छन् । 

ट्रम्पले कुराकानीको समयमा आफ्नो दुई हफ्तेको समयमा बारम्बार दोहोर्‍याएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *