मुख्य समाचार

ट्रम्पद्वारा शुक्रबार पुटिनलाई भेट्ने घोषणा, युक्रेन युद्धबारे छलफल गर्ने

ट्रम्पद्वारा शुक्रबार पुटिनलाई भेट्ने घोषणा, युक्रेन युद्धबारे छलफल गर्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच अर्को साता भेटवार्ता हुने भएको छ।

अमेरिकी राष्ट्रपति  ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति पुटिनसँग आगामी शुक्रबार (१५ अगस्ट ) मा अलास्कामा भेट्ने घोषणा गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो भेट युक्रेन युद्ध रोक्ने सम्भावित शान्ति सम्झौताको लागि महत्त्वपूर्ण कदम मानिएको छ। 

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मा बैठकको जानकारी दिँदै  धेरै विषयमा सहमतिको नजिक पुगेका कारण वार्ता सकारात्मक हुने बताएका छन्। ट्रम्पको घोषणा उनले पुटिनलाई शान्ति स्थापना गर्न वा गम्भीर आर्थिक सजाय भोग्न समयसीमा तोकेको दिन आएको हो । 

सन् २०१४ मा मस्कोले युक्रेनको क्रिमिया कब्जा गरेपछि, २०१६ को अमेरिकी चुनावमा हस्तक्षेपको आरोप लागेपछि रुस र पश्चिमी देशहरूबिच तनाव बढ्यो र सम्बन्ध चिसिएको थियो । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *