काठमाडौं । स्कटल्यान्डमा आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला शुुरु हुँदैछ ।
शृंखलाको ग्लास्गोमा हुने पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् नेपाली समयअनुसार राती पौने ७ बजे प्रतिस्पर्धा गर्नेछन ।
नेपालले आफ्नो पहिलो खेलमा सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले घरेलु टोलीसँगै नेदरल्यान्ड्ससँग टी-२० शृंखला खेल्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् ।
यसअघि लिग २ को एकदिवसीय शृंखलामा नेपालले ४ मध्ये ३ खेलमा जित निकालेको थियो । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी-२० शृंखलाबाट बाहिरिएका छन् ।
नेपालको टी-२०आई टोलीमा रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, आरिफ शेख, भीम सार्की, रिजन ढकाल, अनिल साह, बसिर अहमद, नन्दन यादव रहेका छन् ।