काठमाडौं । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले त्रि.वि. क्रिकेट मैदानको अनुगमन गरेको छ ।
सोमबार समितिका सदस्यहरुले स्थलगत रुपमा निर्माणाधीन त्रि.वि. क्रिकेट मैदानको स्थलगत निरिक्षण गरेका हुन् । समितिका सभापति ठाकुर गैरेले त्रि.वि. क्रिकेट मैदानको स्तरोन्नतीको काम सन्तोषजनक देखिएको बताए ।
सभापति गैरेले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतीका क्रममा देखिएका समस्याका बारेमा समितिमा छलफल गर्ने र सरकारलाई आवश्यक निर्देशन दिने जानकारी दिए ।
उनले त्रि.वि. क्रिकेट मैदानको बाँकी काम सहज रुपमा सम्पन्न गर्न समितिले समेत आवश्यक सहजीकरण गर्ने बताए ।