मुख्य समाचार

टप एन्ड टी–२० शृङ्खला : आज नेपाल र होबर्ट हरिकेन्स भिड्दै

टप एन्ड टी–२० शृङ्खला : आज नेपाल र होबर्ट हरिकेन्स भिड्दै

काठमाडौं । अस्ट्रेलियामा चलिरहेको टप इण्ड टी–२० क्रिकेट शृङ्खलाको आफ्नो चौथौ खेलमा नेपालले आज होबर्ट हरिकेन्ससँग खेल्दैछ । 

खेल नेपाली समय अनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा नेपालले अहिलेसम्म जित निकाल्न सकेको छैन । आफ्नो तेस्रो खेलमा नेपालले सोमबार मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । 

त्यसअघि दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो । पप्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् । 

प्रतियोगिता अन्तर्गत नेपालले बुधबार मेलबर्न रेनेगेड्ससँग र शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ । अस्ट्रेलियामा टप एन्ड टी–२० श्रृखलापछि पनि नेपालले अभ्यास खेल पनि खेल्नेछ । 

आईसीसी टी–२० विश्वकप छनोटका तयारी स्वरूप नेपालले टप एन्ड टी–२० प्रतियोगिता र अभ्यास खेल खेल्न लागेको हो ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *