मुख्य समाचार

टप एन्ड टी-२० : बङ्गलादेश ‘ए’सँग नेपाल पराजित

टप एन्ड टी-२० : बङ्गलादेश ‘ए’सँग नेपाल पराजित

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।  

शनिबार भएको समूह चरणको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशको ‘ए’ सँग ३२ रनले पराजित भएको हो । 

बंगलादेश ‘ए’ ले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनायो । नेपालका लागि कुशल मल्ल ५९ र नन्दन यादव १४ रनमा नटआउट रहे । 

ओपनर कुशल भुर्तेल १२ र आशिफ शेख २८ रनमा आउट भए । लोकेश बम १५ रन, कप्तान रोहित पौडेलले १, दीपेन्द्रसिंह ऐरी १, करण केसी ६ रन बनाए । त्यसअघि अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड टु मा टस जितेर ब्याटिङ गरेको बंगलादेश ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रनको योगफल तयार पारेको थियो । 

समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार एमएस एकेडेमीविरुद्ध खेल्ने छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *