समाज

आज विश्व बालश्रमविरुद्धको दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

आज विश्व बालश्रमविरुद्धको दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज विश्व बालश्रमविरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । 

विश्व बालश्रमविरुद्ध सरकार, रोजगार दाता,श्रमिक सङ्गठनहरू,नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको उद्दार तथा उनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ । 

सन् १९९० मा नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल श्रमविरुद्धको विविध कार्य सञ्चालन गरी बालबालिकाको हकअधिकार सम्बन्धी कार्य गर्दै अएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओले संयुक्त रूपमा गरेको श्रम सर्वेक्षण प्रतिवेदन २०२१ का अनुसार नेपालमा करिब ११ लाख बालबालिका बालश्रममा रहेका छन् । 

विभाग र आइएलओले सन् २०१८ मा सङ्कलन गरेको तथ्याङ्क अनुसार सो प्रतिवेदन तयार पारेका हुन् । त्यसो त सन् २००८ मा बालश्रमिकको सङ्ख्या १६ लाख थियो । यो हेर्दा पछिल्लो १० वर्षमा बालश्रमको सङ्ख्या घटेको देखिन्छ । सर्वेक्षण अनुसार विगत एक दशकमा करिब पाँच लाख बालश्रम घटेको पाइन्छ । कानूनतः इँटाभट्टा, खानी, कारखाना, यातायात, सडक व्यापार, जरी तथा बुट्टा भराई, घरेलु बालश्रम, बालभरिया जोखिमयुक्त बालश्रममा पर्छन् । 

सरकारले दिगो विकास लक्ष्य एसडिजी हासिल गर्न निर्माण गरेको बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–२०८५ मा २०७९ सालसम्म निकृष्ट तथा शोषणयुक्त बालश्रम निवारण गर्ने र २०८२ सालसम्म सबै प्रकारका बालश्रम अन्त्य गर्ने लक्ष्य राखेको छ । तर लक्ष्य पुरा हुने संकेत देखिएको छैन । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *