मुख्य समाचार

आज गुरु पूर्णिमा, अठार पुराणको रचना गर्ने व्यास जयन्तीपनि आजै

आज गुरु पूर्णिमा, अठार पुराणको रचना गर्ने व्यास जयन्तीपनि आजै

गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैछ । आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरु प्रति सम्मान प्रकट गर्दै यो पर्व मनाउने गरिन्छ । गुरु पूर्णिमाका अवसरमा विभिन्न विद्यालय एवम् संघ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका हुन ।