समाज

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश,कर्णाली प्रेदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भाग एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, आज राती लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रहि बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक‍/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *