समाज

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रीने क्रम रहीरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरू र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई र पहाडी भू-भागमा थोरै र बाँकी भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *