काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा आज दिउँसो बस्ने भएको छ ।
बैठकमा शनिबारदेखि शुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल हुने बताइएको छ ।
स्थायी कमिटी बैठकको एजेन्डा र केन्द्रीय समिति बैठकको तयारीबारे पदाधिकारी बैठकमा छलफल हुन लागेको हो ।
माओवादीले गत फागुनदेखि जनतासँग माओवादी विशेष अभियान चलाएको थियो ।