मुख्य समाचार

एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानबीच आज एकता घोषणा हुँदै

एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानबीच आज एकता घोषणा हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानको आज एकता घोषणा हुँदै छ ।

राष्ट्रिय सभा गृहमा आज एकता घोषणा सभा हुन लागेको हो । एकता घोषणा सभालाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्ने बताईएको छ । 

एकतापछि बन्ने पार्टीमा बामदेव गौतमलाई अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरियता दिने सहमति भएको छ । एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले गत असार २७ गते हस्ताक्षर गरेका थिए । 

शुुरुमा नेकपा एमालेमा जान खोजेका बामदेव पछि अध्यक्ष के.पी.शर्मा ओलीको अनिच्छाका कारण रोकिएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *