Siddarth bankविज्ञापन
मुख्य समाचार

म्याग्दीमा कृषकहरुलाई घाँसका बिरुवा वितरण

म्याग्दीमा कृषकहरुलाई घाँसका बिरुवा वितरण

म्याग्दी । डिभिजन वन कार्यालय म्याग्दीले कृषकहरुलाई घाँसका बिरुवा वितरण गरेको छ । 

पशुपालक कृषकहरुलाई लक्षित गरेर बेनीस्थित कार्यालयको नर्सरीमा उत्पादन भएको २० हजार बिरुवा किसानलाई वितरण गरिएको हो । 

किसानहरुलाई राइखन्यु, निमारो, किम्बु प्रजातिका बिरुवा निशूल्क वितरण गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । 

म्याग्दीमा पशुका लागि आहारा आपूर्ति सहज बनाउन र पशुपालनको लागत घटाउन घाँस खेतीमा जोड दिइएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *