झापा । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेका होटल व्यवसायलाई व्यवस्थित गरेर पर्यटक मैत्री वातावरण बनाउंदै कोशी प्रदेश पर्यटन वर्षलाई सफल बनाउन सबै पक्ष एकजुट भएर लाग्नु पर्ने सरोकारवालाले बताएका छन् ।
झापाको बिर्तामोड स्थित नयां बसपार्कमा भएको छलफल तथा अन्तरक्रियामा सहभागिहरुले सो कुरा बताएका हुन् । होटल व्यवसायी संघ झापाको अग्रसरतामा आयोजना गरिएको छलफलका सहभागिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई सफल बनाउन सबै लाग्नु पर्ने समेत बताएका हुन् ।
पुर्वको प्रमुख व्यवसायीक थलो बिर्तामोड बसपार्कमा देखिएका बेथिती चिर्न सबै एक जुट भएर लाग्नु पर्ने सहभागीको धारणा थियो ।
साथै होटल तथा लज व्यवसायी सबैले आगन्तुक पाहुनाको परिचय खुल्ने कागजात राख्नु पर्ने, लागु औषध नियन्त्रण, यौनजन्य गतिविधि, बाल श्रमीक कामदार राख्न नपाइने लगायतका कार्य तुरुन्त गर्न सम्बन्धित सबैलाई होटल व्यवसायी संघले निर्देशन समेत दिएको छ ।