मुख्य समाचार

यसरी मनाइँदै छ जनैपूर्णिमा र रक्षाबन्धन (तस्बिरहरू)

यसरी मनाइँदै  छ जनैपूर्णिमा र रक्षाबन्धन (तस्बिरहरू)

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) आज देशभर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत बागमती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ । 

आज मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वर, पाँचपोखरी, जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा मेला लाग्दछ । 

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *