काठमाडौँ। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा बिहान बस र माइक्रो ठोक्किदा तीन जनाको मृत्यु भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत जमुवा टोलमा काकडभिट्टाबाट दिक्तेलतर्फ जादै गरेको मे १ ख १७९९ नम्बरको बस र प्रदेश दुई ज ००४७ नम्बरको माइक्रो बस एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको हो।
दुर्घटनामा मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा १५ जना भन्दा बढी घाईते भएका छन् । घाइतेहरूको इनरुवा, विराटनगर न्युरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बस चालक झापा अर्जुनधारा नगरपालिका–१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।