समाज

सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीन जनाको मृत्यु

सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीन जनाको मृत्यु

सिरहा । सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । 

सिरहा नगरपालिका–१८ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश २–०१–००३ प.३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना र एक साइकल यात्रीको ज्यान गएको हो । 

मृत्यु हुनेमा कल्याणपुर नगरपालिका–२ बेल्हाका प्रदिप मुखिया, कल्याणपुर–१२ का नरेश मुखिया र सिरहा नगरपालिका–२ का कुसे राय रहेका छन् । तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको प्रहरीले जनाएको छ । 

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *