मुख्य समाचार

नयाँ दिल्लीको ५५ वटा विद्यालयमा बम राखेको धम्की, विद्यार्थीलाई घर फर्काइयो

नयाँ दिल्लीको ५५ वटा विद्यालयमा बम राखेको धम्की, विद्यार्थीलाई घर फर्काइयो

एजेन्सी । भारतको नयाँ दिल्लीको ५५ वटा विद्यालयमा बम राखेको धम्की आएपछि दिल्लीभर सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । 

नयाँ दिल्लीको द्धारिका सेक्टरस्थित प्रसाद नगरमा रहेको विद्यालयमा बम रहेको धम्की आएपछी ती विद्यालयहरु खाली गरी सम्पुर्ण बिद्यार्थीहरुलाई घर फिर्ता पठाएको हो । 

भारतीय सञ्चार माधयमका अनुसार सो विद्यालयलाइ इमेल मार्फत बम रहेको जानकारी गराएपछि प्रहरीले खोजि अभियान शुरु गरेको छ । दिल्लीको अनुसन्धान विभागका अनुसार प्रसाद नगरमा रहेको आन्ध्र शिक्षा समाज वरिष्ठ माध्यमिक विद्यालय गरी अन्य ५३ वटा विद्यालयहरुमा एकसाथ बमको धम्की आएको हो । 

सर्च अभियानका क्रममा कुनै पनि विद्यालयमा बम नरहेतापनि झुठो अफवाह फैलाउनेको खोजी कार्य जारी राखेको दिल्ली प्रहरील जनाएको छ । यसअघि गत अगस्ट १८ मा, दिल्लीका ३२ वटा विद्यालयहरुलाई यस प्रकारमो धम्की आएको थियो ।

गत वर्ष मे महिनामा पनि विद्यालयहरुले बम राखेको मेलहरू पठाउँदा आतंक मच्चिएको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *