मुख्य समाचार

भारतमा ट्रक पल्टिँदा ९ जनाको मृत्यु, ११ जना घाइते

भारतमा ट्रक पल्टिँदा ९ जनाको मृत्यु, ११ जना घाइते

एजेन्सी । भारतको आन्द्र प्रदेशमा आँप बोकेको ट्रक पल्टिँदा नौ जनाको मृत्यु भएको छ । 

उक्त घटनामा ११ जना घाइते भएका छन् । आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब ३ सय ८७ किलोमिटर दक्षिण पश्चिममा रहेको पुल्लमपेटा क्षेत्रमा भएको दुर्घटनामा घाइते भएकाहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनु्मान गरिएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार ४० टन आँप र २० जना कामदारहरू लोड भएकोमा ट्रकले नियन्त्रण गुमाइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

उक्त क्षेत्रमा लोडसेडिङका कारण सडक बत्तीहरु नबलेको अवस्थामा ट्रकले विपरीत दिशाबाट आउँदै गरेको कारमा ठोक्किनबाट बच्ने प्रयास गर्दा नियन्त्रण गुमाएर दुर्घटना भएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *