समाज

ज्वरो र निमोनिया भएसँगै वीर अस्पतालमा भर्ना, उपचारको क्रममा वडा अध्यक्ष रिमालको निधन

ज्वरो र निमोनिया भएसँगै वीर अस्पतालमा भर्ना, उपचारको क्रममा वडा अध्यक्ष रिमालको निधन

नुवाकोट । तारकेश्वर गाँउपालिका वडा अध्यक्षको मृत्यु भएको छ । ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पतालमा भर्ना भएको उनको उपचारको क्रममा मृत्यु भएको हो । उपचारका क्रममा तारकेश्वर गाँउपालिका वडा नं. ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान मृत्यु भएको हो ।

गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले समस्या बनाएको थियो । नेकपा (एमाले) नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि विसं २०७४ को निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

उनको निधन प्रति श्रद्धाञ्जली प्रकट गदै तारकेश्वर गाँउपालिकाले आज शोक बिदा दिएको छ । गाँउपालिका अध्यक्ष शिव अधिकारी (अबिरल) ले शोक वक्तव्य जारी गर्दै वडाध्यक्ष एवम् कार्यपालिका सदस्य रिमालको निधनमा आज ‘तारकेश्वर शोकको दिन’ घोषणा गर्दै गाँउपालिका, वडा कार्यालयहरू, सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा शोक बिदा दिएर राष्ट्रिय झण्डा आधा झुकाउने उल्लेख गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *