काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो३८, गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो ७०, मूला रातो प्रतिकिलो ४०, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३५, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडीको मूल्य प्रतिकिलो ८० कायम गरिएको छ ।
यसैगरी, मटरकोसा प्रतिकिलो १००, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, भटमास कोसा प्रतिकिलो १५०, तितो करेला प्रतिकिलो २०, लौका प्रतिकिलो २५, परबर (लोकल) प्रतिकिलो ५०, परबर (तराई) प्रतिकिलो ६०, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो ३०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, सलगम प्रतिकेजी ८०, भिण्डी प्रतिकिलो ४५ कायम गरिएको छ ।