समाज

यो बजेट १६ औं योजनाको उद्देश्य र सोचसँग मेल खाँदैन : सांसद सापकोटा

यो बजेट १६ औं योजनाको उद्देश्य र सोचसँग मेल खाँदैन : सांसद सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२र०८३ को बजेट १६औं योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताएका छन् । 

शनिबार प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले १६ औं योजनाको उद्देश्यमा समेटिएका सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ स्पष्ट मार्गचित्र नभएको दाबी गरे । उनले बजेटमा र यस आर्थिक वर्षमा डेडिकेटेड र ट्रंक लाइनको विवादित वक्यौता रकम उठाउनेबारेमा स्पष्ट योजना नभएको भन्दै उर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीको ध्यानाकर्षण गराए । 

सांसद सापकोटाले विवादित वक्यौता नउठाउँदा राष्ट्रप्रति गम्भीर घात हुने बताउँदै बजेटमा व्यवस्था गरिएको टेक एण्ड पे गम्भीर प्रकारको कमजोरी भएकोले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण मेरुदण्ड मानिएको उर्जाक्षेत्र ध्वस्त हुने बताए । यो प्रश्तावबाट सरकार पछि हटेर उर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मेहनत गर्नुपर्नेमा जोड दिए । 

उनले विरोधमा रहेका दलको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै निरंकुस शैलीमा बलजफत संसद चलाउनु सुहाउँदो नभएको टिप्पणी गरे । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *