एजेन्सी । अमेरिकाको टेक्सस शहरमा आएको बाढीको कारण १३ जनाको मृत्यु गएको छ।
यक्त बाढीमा परेर कयौं घाइते भएका छन्। अधिकारीहरूले क्याम्पमा रहेका २० भन्दा छात्रा हराइरहेको जनाएका छन्। ४ जुलाइमा मनाइने स्वतन्त्रता दिवसका धेरै कार्यक्रम भङ्ग भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ४५ मिनेटको अन्तरमा ग्वाडोलाप नदी २६ फिट माथि उठेको थियो। हेलिकोप्टर, नौ वटा उद्धार टोली र स्थानीयहरू उद्धार कार्यमा संलग्न छन्।
केयर काउन्टीको पर्यटकीय क्षेत्र पूर्ण रूपमा नष्ट भएको प्रत्यक्षदर्शीले बताएका छन्। सो नदीमा हरेक वर्ष बाढी आउने भए पनि यस वर्षको बाढी असामान्य रहेको समाचारमा उल्लेख छ ।