समाज

जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैन : वन मन्त्री ठकुरी

जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैन : वन मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहकै सरकारहरु मिलेर काम गर्न जरुरी रहेको बताएका छन् । 

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जलवायु परिवर्तनका असरहरु कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने जरुरी रहेको बताए । 

मन्त्री ठकुरीले अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरुलाई तिब्र रुपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्वपूर्ण भुमिका निर्वाह गरेको जिकिर गरे  । उनले  संसदमा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताए । 

मन्त्री ठकुरीले जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *